काठमाडौँ – राष्ट्रपति कार्यालय शितलनिवासमा भएको सर्वदलीय बैठक सकिएको छ । बैठक राष्ट्रपति विद्यादेवी भण्डारीको तय भएको बंगलादेश भ्रमणबारे केन्द्रित रहेको बैठकमा सहभागी जनमोर्चाका नेता चित्रबहादुर केसीले जानकारी दिए ।


ADVERTISEMENT


बैठकमा राष्ट्रपति भण्डारीले आफू बंगलादेश भ्रमणमा जान लागेकोबारे दलका नेताहरुलाई जानकारी गराएकी थिइन् । साथै उनले जनवायू परिवर्तन, शिक्षा लगायतका विषयमा बोलेकी थिइन् ।


ADVERTISEMENT

# # #


बैठकमा समसामयिक विषयमा फट्टफुट्ट कुरामात्रै भएको नेता केसीले बताए । बैठकमा धेरै नेता नबोल पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका उपसभापति विमलेन्द्र निधी लगायतले बोलेका थिए ।

बैठकमा नेता केसीले आफूले वर्तमान राजनीतिक पार्टीहरुकै कारण ६२–६३ मा प्राप्त उपलब्धी वर्तमान पार्टीकै कारण गुम्न लागेको र गणतन्त्रमा कालो बादल मडारिएकाले सम्बन्धित ठाउँले ध्यान दिनुपर्ने बताएको उल्लेख गरे ।