काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसीले युनाइटेड अरब इमिरेट्स (युएई)का दुईजना राष्ट्रिय क्रिकेट खेलाडीलाई ८ वर्षको प्रतिबन्ध लगाएको छ ।


ADVERTISEMENT


आइसीसीले मंगलबार युएईका पूर्वकप्तान तथा तीव्र गतिका बलर मोहम्मद नाभिद र सइमन अनवरलाई सबै फर्म्याटका क्रिकेटबाट प्रतिबन्ध लगाएको हो । आइसीसीको ‘एन्टीकरप्सन ट्रिब्यूनल’ आइसीसीको ‘एन्टिकरप्सन कोड’लाई तोडेको पाएपछि प्रतिबन्ध लगाएको हो ।


ADVERTISEMENT

# # #


उनीहरुलाई सन् २०१९ को नोभेम्बरमा युएईमा भएको टी–२० विश्वकप छनोट प्रतियोगितामा म्याच फिक्सिङ गर्ने प्रयास गरेको आरोपमा आइसीसीले निलम्बन गरेको थियो ।