काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासमा नेकपा एमालेको चियापान कार्यक्रम आयोजना गरेका छन् ।


ADVERTISEMENT


उनले नेकपा एमालेका नेता, सरकारका मन्त्री र सांसद्लाई चियापानका लागि निमन्त्रणा दिएका थिए । सरकारका मन्त्री, एमाले सांसद् एवं नेताहरु चियापान कार्यक्रममा सहभागी हुन बालुवाटार पुगेका छन् ।


ADVERTISEMENT

# # #


उक्त कार्यक्रममा माधव नेपाल पक्षलाई पनि निमन्त्रण गरिएको थियो । यद्यपि, नेपाल पक्षका नेताहरूले भने त्यहाँ नजाने निर्णय गरेका छन् ।

सोमवार प्रधानमन्त्री ओलीले नेपाललाई बालुवाटारमा भेट्न बोलाएकोमा उनले बालुवाटार जान इन्कार गरेका थिए । नेपालले पार्टी कार्यालयमा भेट्न प्रस्ताव गरेपछि नेपाल पक्षसँग ओलीसहितका नेताहरुले एमाले पार्टी कार्यालय धुम्बाराहीमा भेटघाट गरेको थियो ।