काठमाडौँ – नेकपा एमालेको माधव कुमार नेपाल समूहले पार्टीलाई एकतावद्ध बनाउन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्माओली समूहले फागुन २८ गते एकलौटी रुपमा गरेका निर्णय फिर्ता गर्नुपर्ने शर्त अडान राखेको छ ।


ADVERTISEMENT


प्रतिनिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको असफल प्रयासपछि पहिलो पटक सोमबार पार्टी कार्यालय धुम्बाराहीमा भएको छलफलमा माधव समूहले फागनु २८ को निर्याय सर्वोच्च अदालतको आदेश विपरित भएकाले त्यसलाई फिर्ता गर्नुपर्ने अडान राखेको माधव समूहका नेता भीम रावलले जानकारी दिए । यद्दपी ओली समूहले त्यसलाई स्वीकार नगरेको उनले बताए ।


ADVERTISEMENT

# # #


गत फागनु २८ गते प्रधानमन्त्री ओलीले आफू निकटका एमाले केन्द्रीय समस्यहरुलाई बालुवाटार बोलाएकार अध्यक्ष र महासचिवबाहेकका पदाधिकारी खारेज गर्ने, माओवादीबाट आएका नेताहरुलाई केन्द्रीय कमिटि सदस्य बनाउने र मंसिरमा पार्टी महाधिवेशन गर्ने निर्णय गरेका थिए । माधव समूहले एकलौटी रुपमा गरिएको उक्त निर्णय स्वीकार्य नहुने बताउँदै आएको छ ।

‘नेकपा एमाललाई एकतावद्ध बनाउनुपर्छ भन्ने हाम्रो धारणा रहेको छ भन्ने कुरालाई हामीले छलफलमा स्पष्ट गर्‍यौँ’ उनले भने, ‘साझा रुपमा सहमति गरिएका बाहेकका कुराहरु स्थगित गरौँ भन्ने हाम्रो प्रस्ताव हो । त्यसको अर्थ २८ गते भएको निर्णय रद्द गर्नुपर्छ ।’ ओली समूहले गरेको उक्त निर्णय रद्द गरे आफूहरुले यो भन्दा अगाडिका कामहरु समेत स्थगित गर्न तयार रहेको उनले बताए । माधव समूहले चैत्र ४ गते राष्ट्रिय भेला बोलाएको छ ।

छलफलमा आफूहरुले साझा रुपमा अघि बढ्नुपर्ने धारणा स्पष्ट रुपमा राखेको उनले बताए ।