काठमाडौँ– ललितपुरका वामपन्थी नेता एवम् बुद्धिजीवी महेश्वर श्रेष्ठ माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहालको निवास लाजिम्पाटमा आज बुद्धिजीवी श्रेष्ठ पार्टी प्रवेश गरेका हुन् । श्रेष्ठ विगत लामो समयदेखि वामपन्थी आन्दोलनमा क्रियाशील थिए।


ADVERTISEMENT


सो अवसरमा उनले राजनीतिक एजेण्डा र समाजवादी कार्यसूचीमा अगाडि बढ्ने माओवादी केन्द्रको निर्णयसँग सहमत भएर आफू माओवादी केन्द्रमा आएको बताए । पार्टी प्रवेश गराउँदै अध्यक्ष दाहालले नेता श्रेष्ठको अनुभव र बौद्धिकताले माओवादी केन्द्रमा थप ऊर्जा हासिल हुने विश्वास व्यक्त गरे ।


ADVERTISEMENT

# # #


नेता श्रेष्ठको पार्टी प्रवेशले ललितपुरमा माओवादी केन्द्रको संगठनात्मक आधार बलियो हुने माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्।