दमक–यहाँका प्रज्ञा प्रतिष्ठानले साहित्यिक गतिविधि समेटेर एकैसाथ दुई कृति प्रकाशन गरेको छ ।


ADVERTISEMENT


प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा धनकुटे कान्छा सम्पादक रहेको ‘दमक बालज्योति’ र उपप्राध्यापक धनञ्जय बाँस्कोटा सम्पादक रहेको ‘दमक ज्योति’ को नगर प्रमुख रोमनाथ ओलीले लोकार्पण गरेको हो ।


ADVERTISEMENT

# # #


प्रतिष्ठानले प्रकाशन गरेका ती कृतिमा क्रमशः बाल साहित्य र अर्कामा दमकसहित देशैभरिका साहित्यिक गतिविधि समावेश गरिएको प्रतिष्ठानका अध्यक्ष हेम अधिकारीले बताएका छन् । बालज्योतिबारे मिश्र वैजयन्ती र दमक ज्योतिबारेमा साहित्यकार लीला अधिकारीले समीक्षा गरेकी थिइन् । रासस