काठमाडौँ– गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट र जमुना घलेले उम्मेदवारी दर्ता गरेका छन् ।


ADVERTISEMENT


शनिबारदेखि शुरु भएको एनआरएनएको आठौँ विश्व सम्मेलनमा आइतबार साँझबाट आज बिहान १०ः३० बजेसम्मका लागि उम्मेदवारी दर्ताका लागि समय तोकिएको थियो । सम्मेलनमा एक हजार ८५४ जना मतदाता रहेको एनआरएनए निर्वाचन समितिले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


एनआरएनको अध्यक्षका लागि आइतबार राति नै वर्तमान उपाध्यक्ष भवन भट्टले आफ्नो उम्मेदवारी दर्ता गराएका थिए । अर्का उम्मेदवार गुरुङले भने आज बिहानमात्रै उम्मेदवारी दर्ता गराइन् ।

वर्तमान अध्यक्ष शेष घलेकी श्रीमती रहेकी गुरुङ र भट्ट समूहबीच रातभर सहमतिका लागि प्रयास भए पनि टुंगोमा पुग्न सकेन । भट्ट जापान र गुरुङ अस्ट्रेलियाबाट एनआरएनमा प्रतिनिधित्व गर्छन्। अध्यक्षका दाबेदार रहेका टिबी कार्कीले भने उम्मेदवारी दर्ता गराएनन् ।

उपाध्यक्षमा चिरिञ्जीवी थापा, खगेन्द्र क्षेत्री, कुल आचार्य, सोनम लामा, कुमारप्रसाद पन्त, रविना थापाले उम्मेदवारी दिएका छन् । महिला उपाध्यक्षमा रञ्जु थापा र सपिला राजभण्डारी, महासचिवमा अर्जुनकुमार श्रेष्ठ, डा बद्री केसी, यमकुमार गुरुङ (त्रिलोक), सचिवमा डिबी क्षेत्री, डा देवीबहादुर बस्नेत, गणेश केसी, ऋषिराम कँडेल, सन्तोषकुमार भट्टराई, कोषाध्यक्षमा हिक्मत थापा र मुक्षेत्र गुरुङ र सहकोषध्यक्षमा चक्रबहादुर थापा र सोमनाथ सापकोटाले उम्मेदवारी दिएका छन् ।

दिउँसो ४ बजेपछि मतदान शुरु हुने र मतगणना सम्पन्न भएको एक घण्टापछि मदतान शुरु हुने कार्यतालिका रहेको छ । विद्युतीय मतदान गरिने भएकाले मतपरिणाम आज राति नै आउने सम्भावना रहेको छ ।

एनआरएनमा अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, एक सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ । यसैगरी युरोप, अमेरिका, अफ्रिका, एशिया, ओसेनिया र मध्यपूर्वका एक–एकजना गरी छ क्षेत्रीय संयोजक र छ उपसंयोजक तथा महिला संयोजक र उपसंयोजक एक–एकजना तथा युवा संयोजक र उपसंयोजक एक–एकजना रहने व्यवस्था गरिएको छ । ती सबै पदमा उम्मेदवारी दिई निर्वाचित हुनुपर्ने व्यवस्था गरिएको छ ।

सोमबार दिउँसोबाट मतदान हुनेछ । विद्युतीय मतदानको व्यवस्था गरिएका कारण सोमबार अबेर रातिसम्म मत परिणाम आइपुग्ने आयोजकले बताएका छन् । आइतबार दिनभरि चलेको बन्दसत्रले अध्यक्ष शेष घलेले प्रस्तुत गर्नुभएको एनआरएनएका मार्गदर्शन प्रस्ताव ‘भिजन, २०२० एण्ड वियोण्ड’ पारित गरेको छ ।