काठमाडौँ – नेकपामा आएको विवादपछि सन्तुलित रुपमा एकतातर्फ लागेका नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा उभिने भएका छन् । बामदेव नेकपामा विवाद निम्तिएपछि प्रचण्ड–नेपाल पक्ष र ओली दुबै समूहतर्फ लागेका थिएनन् । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि उनी एमाले संगठित गर्ने अभियानमा लागेका थिए ।


ADVERTISEMENT


तर शुक्रवार प्रधानमन्त्री ओलीले महासचिवबाहेकका सबै पदाधिकारीलाई स्वैच्छाचारी ढंगले हटाएपछि बामदेव आक्रोशित बनेका छन् । बामदेवलाई उद्धृत गर्दै उनका प्रेश सल्लाहकार विश्वमणि सुवेदी लेख्छन्,‘केपी ओलीसँग मिल्ने र उहाँसँगै जाने सबै सम्भावना समाप्त भयो ।’ उनले अगाडि लेखेका छन्, ‘सञ्चारकर्मी साथीहरू, यो उहाँको आधिकारिक धारणा हो ।’


ADVERTISEMENT

# # #


अध्यक्षका नाताले ओलीले सबैलाई मिलाएर जानुपर्नेमा एकलौटी निर्णय गरेको भन्दै बामदेवले एमाले फुटाउने तयारी गरेका हुन् ।
यता प्रचण्ड समूहमा लागि एमाले वरिष्ठ नेता माधव कुमार नेपालले पनि ओलीविरुद्ध संघर्ष गर्ने बताएका छन् ।