काठमाडौँ – नेकपाल एमालेको सुदूरपश्चिम प्रदेशको इन्चार्जमा लेखराज भट्ट चयन भएका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको नेकपा एमाले ओली पक्षको बैठकले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री समेत रहेका भट्टलाई सुदुर पश्चिमको इन्चार्ज बनाएको हो ।
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको असफल प्रयासलाई साथ दिएका भट्ट नेकपा माओवादी पृष्ठभूमिका हुन् ।


ADVERTISEMENT

# # #


तर, नेकपाको एकीकरणलाई अस्वीकार गर्दै सर्वोच्चले एमाले र माओवादी केन्द्र ब्युँताएपछि ओली समूहमै रहेका छन् । भट्टले भीम रावललाई प्रतिस्थापन गरेका हुन् । यसअघि भीम रावल सुदूरपश्चिमको प्रदेश इन्चार्ज थिए ।