काठमाडौँ – ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं १ र २ तथा ललितपुर महानगरपालिका वडा नं ७ र १७ मा कर्मनाशा नदीमाथि रहेको ग्वार्को पुलको दायाँ बायाँ पैदल यात्रुहरूको लागि ट्रस पुल निर्माण गरिएको छ ।


ADVERTISEMENT


बिहीबार निर्माण सम्पन्न भएपछि उक्त पुलको एक कार्यक्रमकाबीच महालक्ष्मी नगरपालिकाका नगर प्रमुख रामेश्वर श्रेष्ठले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।


ADVERTISEMENT

# # #


उद्घाटनपछि बोल्दै नगर प्रमुख श्रेष्ठले पुलको निर्माणबाट यात्रुहरूको पैदलयात्रालाई सुरक्षित बनाउनुका साथै सडक दुर्घटना घटाउन र त्यस क्षेत्रमा हुने ट्राफिक जामलाई न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास गरे । उनले पुल निर्माणमा सहयोग पुर्याउनेलाई धन्यवाद समेत व्यक्त गरे । कार्यक्रममा नगरपालिकाका इन्जिनियर मनिष सुवेदीले उपस्थित सबैमा स्वागत गर्दै पुलको प्राविधिक पक्षबारे जानकारी गराएका थिए ।

३९ लाख ७५ हजार ५ सय सम्झौता रकम रहेको उक्त ट्रस पुलको निर्माण बस्नेत निर्माण सेवाले गरेको हो । पुलको एक तर्फको लम्बाई २४ मीटर, चौडाइ १.५ मीटर र तौल करिब ६ टन रहेको छ ।