बैतडी– दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी भागरथी भट्टको बलात्कारपछि हत्या गरेका अभियुक्त दिनेश भट्टलाई पुर्पक्षका लागि डोटी बाल सुधारगृहमा ल्याइएको छ ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार उनलाई बिहीबार बालसुधार गृहमा ल्याइएको हो ।


ADVERTISEMENT

# # #


जिल्ला अदालत बैतडीले १६ वर्ष उमेर भएका कारण दिनेशलाई पुर्पक्षका लागि सुधारगृहमा राख्न आदेश दिएसँगै उनलाई डोटीको सिलगढीमा रहेको सुधारगृहमा राखिएको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीस्थित सनातन धर्म माविमा कक्षा १२ मा पढ्ने भागरथीलाई त्यसै विद्यालयमा पढ्ने दिनेशमाथि बलात्कारपछि हत्या गरेको अभियोग लागेको छ । उनले आफ्नो अपराध पनि स्वीकार गरिसकेका छन् । यद्यपि उनको कारावास सजाय भने अदालतले अहिलेसम्म तोकि नसकेको प्रहरीले जनाएको छ ।

भागरथीको शव गएको माघ २३ गते चडेपानीकै खोचलेक चडेपानी ग्रामीण सडकको लवलेक जङ्गलमा भेटिएको थियो । रासस