काठमाडौं – अफ्रिकी मुलुक जाम्बियाले नेपालमा पनि आफ्नो वाणिज्य दूतावास संचालनमा ल्याएको छ । नेपालमा उद्योग व्यवसाय विस्तार गर्ने लक्ष्य सहित जाम्बियाले नेपालमा पनि आफ्नो वाणिज्य दूतावास स्थापना गरेको हो ।


ADVERTISEMENT


यसका लागि जाम्बिया सरकारले नेपालका तर्फबाट पहिलो वाणिज्यदूतको रुपमा व्यवसायी देश बन्धु बस्नेत (अजित) लाई नियुक्त गरेको छ । वाणिज्यदूतमा नियुक्त भएका बस्नेत नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य एवम् महासंघको द्विराष्ट्रिय तथा एनराएन फोरमका सभापति समेत हुन् ।


ADVERTISEMENT

# # #


यसै अवसरमा जाम्बियाको भारतस्थित नेपाल हेर्ने राजदूत जुडिथ के.के. क्याङगोमा कपीजिंगपाङ्गाले वाणिज्यदूत बस्नेतलाई वाणिज्य दूतावास कार्यालयका लागि झण्डा, लेटलहेड, स्ट्याम्प लगायत कार्यालय संचालनका लागि आवश्यक सामग्री हस्तान्तरण गरेकी छिन् ।

नेपालमा खुलेको जाम्बियाको वाणिज्य दूतावासले द्विपक्षीय सहायता तथा सहयोगअन्र्तगत व्यापार, आयात निर्यात, पर्यटन, संस्कृतिलगायत दर्जनौं क्रियाकलापमा विशेष सुविधाको उपयोग गर्न पाईने उल्लेख छ ।

नेपालमा स्थापना भएको उक्त वाणिज्य दूतावासको माध्यमबाट दुई मुलुकबीचको सम्बन्ध सुमधुर बनाउने विश्वास लिएको छ ।