काठमाडौँ – फोर्डले नयाँ विशेष संस्करणको ईकोस्पोर्ट एसई नेपाल आइपुगेको छ । कम्पनीले आगामी साता नेपालमा उक्त गाडी सार्वजनिक गर्ने तयारी गरेको छ ।


ADVERTISEMENT


फोर्ड ईकोस्पोर्ट विशेष संस्करणको नाम दिइएको यस नयाँ भेरियन्टमा यसको डिजाइन संकेत अमेरिकी र युरोपेली गाडीबाट लिइएको हो, जुन कम्प्याक्ट एसयुभ हो र यसमा पछाडि राखिने जगेडा टायर छैन ।


ADVERTISEMENT

# # #


टेलगेट, ड्युअ टोन पछाडिको बम्परपिहत नयाँ ईकोस्पोर्टमा बोल्ड लुक्स र ग्रील, १६ ईन्च उच्च ग्राउन्ड क्लियरेन्सको विशेषतालाई जोड दिइएको छ । जसले एसयुभी भेरियन्टलाई अझ बढावा दिने विश्वास गरिएको छ ।

ईकोस्पोर्टमा राखिएको पन्चर किटले केही मिनेटमै टायर नझिकेरै टायरमा टायरमा भएको क्षति मर्मत गर्न सकिने सुविधा प्रदान गरेको छ ।

विशेष संस्करणको फोर्ड नयाँ ईकोस्पोर्टमा विश्वसनीय १.५ लिटर सिलिन्डर टीआईभीसीटी पेट्रोल इन्जिन राखिएको छ जसले यस सेग्मेन्टकै सबैभन्दा राम्रो १२२ पीएस पावर र १४९ एनएम टर्क उत्सर्जन गर्छ । डिजेल इन्जिन विकल्पमा ईकोस्पोर्टको छनोट गर्न चाहनेका लागि १.५ लिटर नेतृत्वदायी प्रदर्शन गर्ने टीडीसीआई उच्चस्तरीय डिजेल इन्जिनका साथ पनि यो गाडी उपलब्ध छ । जसले १ सय पीएस पावर र २१५ एनएम टर्क उत्सर्जन गर्छ ।