काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले संगठन निर्माणका लागि प्रतिवेदन पेस गर्न चार सदस्यीय कार्यदल गठन गरेको छ ।


ADVERTISEMENT


आज बसेको स्थायी कमिटी बैठकले गठन गरेको कार्यदलमा नेताहरु गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा र पम्फा भुसाल रहेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।


ADVERTISEMENT

# # #


श्रेष्ठका अनुसार बैठकमा प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादली पार्टी (जसपा)का नेता बाबुराम भट्टराईसँग शुक्रबार भएको भेटबारे जानकरी गराएका थिए । आज पनि विभिन्न पार्टीका विभिन्न नेताहरुसँग छलफल हुने उनले बताएको नेता श्रेष्ठले बताए ।

बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे माओवादी केन्द्रले कुनै पनि निर्णय गरिसकेको छैन ।