काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली सत्ता सहकार्य गरे जनता समाजवादी पार्टी (जसपा)का माग पूरा गर्न तयार देखिएका छन् । जसपाले रेशम चौधरीको रिहाइदेखि तराईमा देखिएका विभिन्न समस्या समाधान गर्नुपर्ने माग राखेकोमा प्रधानमन्त्री ओली ती मागप्रति सकारात्मक देखिएका छन् ।


ADVERTISEMENT


दुबै दलले सहकार्यको लागि तयारी अगाढि बढाएका छन् ।


ADVERTISEMENT

# # #


कार्यदलमा एमालेबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्रीसमेत रहेका उपमहासचिव विष्णु पौडेल, प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराई छन् भने जसपाबाट सोही पार्टीका नेता लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला रहेका छन् ।

सोमवार पहिलो बैठक भएकोमा बैठकमा दुबै दल सत्ता समीकरणका लागि सकारात्मक देखिए ।

सोमवार जसपा अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री ओलीबीचको भेटबार्तामा प्रधानमन्त्री ओली​ जसपाले उठाउँदै संविधान संशोधन, जेलमा रहेका सांसद रेशम चौधरीको रिहाइ, नागरिकता विधेयकलगायतका माग सम्बोधन गर्न सकारात्मक देखिएको स्रोतले बताएको छ ।