काठमाडौँ – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि चल्दैछ । दिउँसो ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्दैछ ।


ADVERTISEMENT


बैठकमा देशको पछिल्लो राजनीतिकअ अवस्था र अबको आगामी रणनीतिबारे छलफल हुनेछ । मंगलबार बसेको बैठकले सरकारलाई माओवादीले दिएको समर्थन के गर्ने भन्नेमा निर्णय नभएकोमा आजको बैठकले समर्थन फिर्ता लिने वा साथ दिने भन्ने निर्णय गर्ने एक नेताले बताए ।


ADVERTISEMENT

# # #


मंगलवार सत्ता समीकरणका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काँग्रेस नेता शेरबहादुर देउवा र जसपा नेता डा. बाबुराम भट्टराईसँग छलफल गरेका थिए । काँग्रेस र जसपा दुबै साथ दिन तयार देखिएकाले यस विषयमा पनि बैठकमा छलफल हुने ती नेताले बताए ।