काठमाडौँ – नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेगरी बोलाइएको हो ।


ADVERTISEMENT


सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय गर्न सर्वोच्च अदालतले नेकपा नाम विवादमा ऋषि कट्टेलको पक्षमा फैसला गर्दै नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएको थियो ।


ADVERTISEMENT

# # #


प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री नेकपा दुई समूहमा विभाजित भएको थियो । एमाले पृष्ठभूमि भएका माधवकुमार नेपाल र भलनाथ खनालको समूह माओवादीधारका प्रचण्डसमूहसँग एक भएको थियो । तर, अदालतले पार्टी एकीकरणलाई अस्वीकार गरिदिएपछि उनीहरुले सोमबारमात्रै प्रचण्डलाई छाडेर एमालेमै फर्किने निर्णय गरेका थिए ।

त्यसपछि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय गर्दैछ ।