काठमाडौँ – माध्यमिक शिक्षा परीक्षा एसइईको परीक्षा जेठ १३ गतेदेखि २४ गतेसम्म चल्ने भएको छ। कोरोना भाइरस (कोभिड–१९)का कारण शैक्षिकशत्रमा प्रभाव परेपछि चैत्रमा हुनुपर्ने एसईई परीक्षा जेठमा मात्र हुने भएको हो ।


ADVERTISEMENT


राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा सन्चालनका लागि उक्त मिति चयन गरेको गरेको बोर्ड सदस्य सचिव दुर्गाप्रसाद अर्यालले बताएका छन् । उनका अनुसार आगामी एसईई राष्ट्रिय परीक्षा बोर्डले नै लिने छ ।


ADVERTISEMENT

# # #


गत वर्ष कोरोना महामारीका कारण एसइई परीक्षा आन्तरिक मूल्यांकनबाट गरिएको थियो। यसपटक भने विद्यार्थीको भौतिक उपस्थितिमा नै परीक्षा हुनेछ ।