जलेश्वर– ‘आपसि सद्भावको पहिचान, बर्दिबासलाई नमूना शहर बनाउने हाम्रो अभियान’ नारासहित तेस्रो बर्दिबास महोत्सव शुरु भएको छ । हस्तकला, कृषिजन्य उत्पादनका प्रदर्शनीका साथै फोटा प्रदर्शनी समेत रहने सो महोत्सव बर्दिबास उद्योग वाणिज्य सङ्घले आयोजित गरेको हो ।


ADVERTISEMENT


प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले महोत्सवको शुभारम्भ गर्दै स्थानीय व्यापार, कृषि एवं पर्यटन प्रवर्धन गर्न महोत्सवले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । सङ्घका अध्यक्ष प्रह्लाद क्षेत्रीले महोत्सवको आम्दानी बर्दिबासस्थित रेडक्रसको ‘ब्लड बैंक’लाई सहयोग गर्ने जानकारी दिए । रासस


ADVERTISEMENT

# # #