काठमाडौँ – काँग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार बनाउन पहल शुरू गर्ने भएका छन् । देउवाले माओवादी केन्द्र र जसपासँग मिलेर काँग्रेस नेतृत्वको सरकार बनाउने तयारी गरेका हुन् ।


ADVERTISEMENT


यसअघि नेकपा प्रचण्ड–नेपाल पक्षले ओलीविरुद्ध संसद्मा अविश्वासको प्रस्तावका लागि काँग्रेसको साथ खोज्दा उनले नेकपा नफुटेको बताएका थिए । उनले नेकपा नफुटीकनै कुनै समूहविरुद्ध काँग्रेस नलाग्ने संकेत गरेकोमा ओलीलाई हटाउने उपयुक्त समय बल्ल आएको बताएका छन् ।


ADVERTISEMENT

# # #


सर्वोच्चले नेकपाको एकता नै भंग गर्ने फैसला गरिदिएपछि काँग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने उनको तयारी छ । । देउवानिकट स्रोतकाअनुसार प्रधानमन्त्री ओलीले असंवैधानिक र अलोकतान्त्रिक काम गरेकाले समाजवादी र माओवादीसँग मिलेर सरकारविरुद्ध लाग्ने गृहकार्य काँग्रेसले गरेको हो ।

हाल संसद्मा काँग्रेससँग ६३ मध्ये ६१, माओवादीसँग ओली पक्षमा लागेका ४ मन्त्री बाहेक ४८ र जसपासँग कुल ३४ मध्ये ३२ सांसद छन् । बहुमतको सरकार बनाउन १३८ सांसद चाहिनेमा काँग्रेससँग माओवादी र जसपाले सहकार्य गरे सांसद्को संख्या १४१ पुग्नेछ, जुन बहुमतको सरकार बनाउन काँग्रेसलाई प्रर्याप्त हुनेछ ।