काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले सर्वोच्च अदालतले पुनर्स्थापना गरेको प्रनितिधिसभालाई देश र जनताको समस्या समाधानको थलोका रुपमा बनाइनु पर्ने बताएका छन् ।


ADVERTISEMENT


सोमबार अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आयोजिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद बैठकका नाममा धामी नाच देखाएको आरोप लगाए । सांसदले माननीयले बोल्नेजस्तै भाष प्रयोग गर्नुपर्ने बताउँदै उनले भने, ‘छलफल गरेको हो कि उफ्रिएको हो कि धामी नाच हो कि पार्लामेन्टमा’ उनले भने, ‘हिजो पहिलो दिन औपचारिक ढंगले संसद सुरु भएको छ, गर्र कुदेर आएर नारा लगाएका छन् ।’


ADVERTISEMENT

# # #


उनले संसदमा उफ्रिन र कराउनका लागि प्रतिनिधिसभा विघटन गर्ने आफ्नो निर्णयविरुद्ध मुद्दा हालेको बताए । ‘यतिबेला देश चुनावमा गइसक्थ्यो । एउटा राम्रो सरकार बन्थ्यो । मुद्दा हालेर त्यसलाई रोके ।’ प्रधानमन्त्री ओलीले थपे, ‘संसद पुनर्स्थापना केका लागि गरेको रहेछ भन्दा उफ्रिन, कराउन, नारा लगाउन, अध्यादेश पेश गर्न नदिन, एसिड आक्रमण विरुद्धको कानुन पास गर्न नदिन, त्यसका लागि पो बोलाइएको रहेछ ।’

उनले सरकारका अध्यादेशलाई संसदमा फेल गरेर देखाउन चुनौति दिँदै भने, ‘फेल गर्ने कसैको आँट छ ?’ उनले संसद पुनर्स्थापना गरेर पहिलो गाँसमै झिँगा परेको टिप्पणी गरे । ‘दुर्दिन देख्नु थियो र संसद पुनर्स्थापना भयो । चुनावमा जानेबेला नारा हेर्नुहोस् त, एकतिरबाट एकथरी गुर्र कुद्छन्, अर्कोतिरबाट अर्कोथरी गुर्र बाहिर निस्किन्छन् । अर्कोथरी नारा लगाउँछन् ।’ उनले भने, ‘संसदको हालत हेर्नुहोस् त, पहिलो गाँसमै झिँगा पर्‍यो भनेजस्तै ।’

उनले यही अवस्था आउने देखेर नै आफूले प्रतिनिधिसभा विघटन गर्ने निर्णयमा पुगेको बताए । उनले आफूलाई देखाउन भए पनि आइतबार संसदमा शान्त भएर बस्नुपर्थ्यो भन्ने तर्क राखे ।

पुनर्स्थापनापछि पहिलो पटक आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा भीम रावलले प्रधानमन्त्री कुन पार्टीको हो भन्दै प्रश्न गरेका थिए । प्रधानमन्त्री ओलीले त्यसैको जवाफ दिँदै उल्टै भीम रावललाई प्रश्न तेर्स्याएका छन् ।

‘हुँदाहुँदा प्रधानमन्त्री कुन पार्टीको हो भन्ने थालेछन् । सर्वोच्च अदालतमा सोध्न जानुहोस् ।’ प्रधानमन्त्री ओलीले भने, ‘अदालतले भनिसक्यो, म कुन पार्टीको हो, म उहाँहरुलाई सोध्न चाहन्छु, तपाईं कुन पार्टीको हो ?’

उनले अदालतको फैसलालाई स्वीकार गरेर कार्यान्वयन गर्नुपर्ने बताए ।