काठमाडौँ – २ दशभन्दा लामो समयदेखिको प्रतीक्षारत मेलम्चीको पानी अन्ततः काठमाडौँ आइपुगेको छ । मेलम्चीको पानी आज सुन्दरीजल आइपुगेको छ ।


ADVERTISEMENT


गत फागनु १० गते परीक्षणका लागि सुरुङमा पानी हालिएको थियो । सुरुङबाट पानी सुन्दरीजल आइपुगेको मेलम्ची खानेपानी आयोजनाले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


पानी सुन्दरीजल आइपुगेपछि आज प्रधानमन्त्री केपी शर्मा ओली अवलोकनका लागि त्यहाँ पुग्ने कार्यक्र रहेको छ । प्रधानमन्त्री साँझ ४ बजे सुन्दरीजल जाने कार्यक्रम तय भएको छ ।

सुन्दरीजलमा दुईवटा प्रशोधन केन्द्र बनाइएकोमा त्यहीँबाट प्रशोधन गरेर पानी वितरण गरिनेछ । फोहोरसहित पानी आइपुग्ने भएकाले शुरुको पानी बागमतीमा फालिनेछ । सुरुङबाट सफा पानी आएपछि वितरण प्रणालीमा जोडेर वितरण गरिनेछ ।

यो आयोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँमा वितरण गरिनेछ । पानीको चरम अभाव झेलिरहेको उपत्यकालाई यस आयोजनाबाट केही राहत मिल्ने विश्वास गरिएको छ ।

मेलम्ची खानेपानी आयोजनाअन्तर्गत मेलम्चीबाट काठमाडौँ पानी ल्याउने तयारी सन् १९९८ देखि शुरु गरिएको थियो ।