सुनसरी – माइक्रोफाइनान्सको क्षेत्रमा छोटो समयमा उल्लेख्य प्रगति गर्दै गएको फवार्ड माइक्रोफाइनान्सले साढे २२ करोड नाफा कमाएको छ ।


ADVERTISEMENT


संस्थाको आठौँ वार्षिक साधारण सभामा वार्षिक प्रतिवेदन पेश गर्दै संस्थाकी अध्यक्ष भगवती चौधरीले आर्थिक वर्ष २०७६/७७ मा नाफा २२ करोड ५० लाख कमाएको जानकारी दिइन् । उक्त वर्ष कम्पनीले कुल १५ अर्ब ३ करोडको कारोवार गरेको थियो ।


ADVERTISEMENT

# # #


सुनसरीमा केन्द्रिय कार्यालय रहेको फवार्डले छोटो समयमै देशभर ३९ जिल्लामा १४९ शाखा विस्तार गरिसकेको छ ।

फवार्डमा ७ सय ९६ कर्मचारी, २ लाख ६१ हजार ग्राहक र ४६ हजार ऋणी रहेका छन् ।