काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाका दुबै पक्षले कांग्रेसलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको बताएका छन् ।


ADVERTISEMENT


पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक बसिरहेको जानकारी दिँदै प्रवक्ता शर्माले कुन पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताए ।


ADVERTISEMENT

# # #


सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेसँगै नेकपाका ओली र प्रचण्ड-माधव दुवै समूहले कांग्रेसलाई सरकार निर्माणका लागि सहकार्य गर्न आग्रह गरेको र प्रधानमन्त्री पद पनि प्रस्ताव गरेको बताएका हुन् ।

यद्दपी उनले कांग्रेसले प्रधानमन्त्रीको पद स्वीकार गरीनसकेको जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्री मन्त्री पदले ढोका ढकढकाइरहेको छ । तर हामीले ढोका खोलिसकेका छैनौं ।’

कांग्रेस पदाधिकारी बैठक जारी छ ।