चितवन– नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेत्रविक्रम चन्द समूह हतियार छाडेर शान्तिपूर्ण बाटोमा आउनु सकारात्मक भएको बताएका छन् । यहाँ आज पत्रकारसँग कुरा गर्दै उनले सरकार र सो पार्टीबीच भएको सहमति सकारात्मक भएको टिप्पणी गरेका हुन् ।


ADVERTISEMENT


कार्यक्रममा उनले भने; ‘मूलधार र शान्तिको बाटोमा आउनु त ठीकै हो । सहमतिमा के कुरा छन् भन्ने चाहिँ हामीलाई थाहा छैन ।’


ADVERTISEMENT

# # #


फरक प्रसङ्गमा उनले प्रतिनिधिसभा बैठक सञ्चालन भएपछि पार्टीले आफ्नो धारणा बनाउने बताउँदै सरकारमा जानुपरेमा आफ्नै नेतृत्वमा मात्रै जाने स्पष्ट पार्दै उनले भने; ‘हाम्रो उपस्थितिविना सरकार बन्न नसक्ने अवस्था बन्यो भने आफ्नै नेतृत्वमा सरकारमा जान्छौँ ।’ सरकार बनाउन कांग्रेसको आवश्यकता परेमा मात्र सरकारमा जाने उनले प्रस्ट पारे ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विधिवत् रुपमा एकै भएकाले अहिले नै कांग्रेसले धारणा बनाउने बेला नभएको डा. महतको भनाइ थियो ।