काठमाडौँ– स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य तोलामा नै रु. एक हजारले ओरालो लागेको छ । तोलामा रु. ८७ हजार ५०० मा बुधबार कारोवार भएको छापावाला सुन आजका लागि भने रु. ८६ हजार ५०० मूल्य निर्धारण भएको छ ।


ADVERTISEMENT


त्यसैगरी, बुधबार रु. ८७ हजार ५० मा कारोवार भएको तेजाबी सुन आजका लागि भने तोलामा रु. ८६ हजार ५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । साथै बुधबार रु. एक हजार ३१५ मा कारोवार भएको चाँदी आजका लागि भने तोलामा रु. एक हजार २८५ मूल्य निर्धारण भएको महासङ्घले जनाएको छ । रासस


ADVERTISEMENT

# # #