काठमाडौं – भारत सरकारले नेपालका थप तीनवटा सांस्कृतिक सम्पदाको पुनर्निर्माणका लागि सहयोग गर्ने भएको छ । ललितपुर र सिन्धुपाल्चोकका तीन वटा सम्पदा पुनर्निर्माणका लागि भारतले २४.६ करोड नेपाली रुपैँया सहयोग गर्ने भएको हो ।


ADVERTISEMENT


बुधबार काठमाडौं स्थित भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय परियोजना कार्यान्वयन इकाई (भवन) का परियोजना निर्देशकले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT

# # #


यस्तैराष्ट्रिय पुनर्निर्माण प्राधिकरण र सफल बोलपत्रदाताबीच पनि ठेक्का सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता भएका तीन सांस्कृतिक सम्पदा परियोजनाहरुमा ललितपुर स्थित जेष्ठ वर्ण महाविहार तथा सिन्धुपाल्चोक स्थित सुलीझ्याङ गुम्बा र शेरमाथाङ गुम्बा रहेका छन् ।

इण्डियन नेसनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेज (इन्टेक)ले जेष्ठ वर्ण महाविहारको पुनर्स्थापनाका लागि प्राविधिक सहयोग प्रदान गर्नेछ भने बाँकी दुई परियोजनाको कार्यान्वयन केन्द्रीय परियोजना कार्यान्वयन इकाई (भवन) ले गर्नेछ ।

२०७२ सालको विनाशकारी भुकम्पले क्षती पुर्याएका यी तीन सांस्कृतिक क्षेत्रको पुनर्निर्माण भारत सरकारको पुनर्निर्माण अनुदान कार्यक्रम अन्तर्गत नेरु २४.६ करोड को लागतमा हुनेछ । भारत सरकारले नेपालका आठ जिल्लामा २८ वटा सांस्कृतिक सम्पदाको संरक्षण, पुनर्स्थापना र पुनर्निर्माणका लागि कूल ५० मिलियन अमेरिकी डलर (नेरु ५ अर्ब ८० करोड) सहयोग गर्ने प्रतिवद्धता गरेको छ ।

भारत सरकारको पुनर्निर्माण अनुदान कार्यक्रम अन्तर्गत अघि बढाइने २८ वटा सांस्कृतिक परियोजना मध्ये ६ वटा परियोजनाको ठेक्का हस्तान्तरण भइसकेको छ । यसै क्रममा नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्रा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत र काठमाडौं महानगरपालिकाका मेयरले गत फागुन १६ गतेका दिन काठमाडौंको जनबहाल स्थित सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण एवम् पुनस्र्थापनाका लागि संयुक्त रुपमा शिलान्यास गेका थिए ।