जाजरकोट– निम्न तथा आर्थिक अवस्था कमजोर भई पढ्नबाट वञ्चित १०० विद्यार्थीलाई विद्यालयको सिफारिशका आधारमा रु. १० हजार छात्रवृत्ति उपलब्ध गराएको छ । त्यस्तै प्राविधिक विषय पढ्ने १३ विद्यार्थीलाई रु. ४५ हजारका दरले आर्थिक सहायता प्रदान गरिएको छ ।


ADVERTISEMENT


गाउँपालिकाबाट इञ्जिनीयर उत्पादन गर्नका लागि चार जनालाई रु. एक लाखका दरले अनुदान सहयोग गरिएको छ । यसैगरि, निजामती कर्मचारी उत्पादनका लागि ३० जनालाई रु. ३० हजारका दरले अनुदान उपलब्ध गराएर लोकसेवा आयोगको परीक्षाको तयारीमा पठाइएको अध्यक्ष शाहीले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


गाउँपालिकाभित्रबाट सवारी चालक बन्न चाहेका तर रकम नहुँदा तालीम लिनबाट वञ्चित निम्न वर्गका १३ युवालाई रु. ३४ हजारका दरले रकम उपलब्ध गराएर तालीममा पठाइएको छ । रासस