जाजरकोट– तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकाले विद्यालयलाई कम्प्युटर वितरण गरेको छ । यहाँका १३ विद्यालयमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिएका हुन् ।


ADVERTISEMENT


कम्प्युटर सञ्चालनका लागि १२ विद्यालयलाई सौर्य ऊर्जा उपकरण पनि वितरण गरिएको छ । माध्यमिकस्तरका विद्यालयमा इन्टरनेट सेवासमेत उपलब्ध गराइएको छ । रासस


ADVERTISEMENT

# # #