काठमाडौँ – मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण शेयर आउने भएको छ । जसका लागि सनराइज क्यापिटल लिमिटेड, कमलपोखरीलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको छ ।


ADVERTISEMENT


साधारण शेयर निष्काशन कार्यको लागि कम्पनीको तर्फवाट प्रबन्ध संचालक अमृत कुमार महर्जन तथा सन्राइज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठकाबीच द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले ३५ लाख ३१ कित्ता शेयर निष्कासन गर्न लागेको हो । जसमध्ये आयोजना प्रभावित क्षेत्र ओखलढुङ्गाका वासिन्दाहरुलाई ८ लाख २ हजार ५ सय कित्ता शेयर छुट्याइएको छ ।


ADVERTISEMENT

# # #


मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको ७ मे.वा. क्षमताको मोलुङ्ग खोला जलविद्युत आयोजनाबाट २०७४ चैतत्र १२ गतेबाट व्यापारिक विद्यृत उत्पादन सुरु गरी संचालनमा रहेको छ । गत माघ २५ गते सम्पन्न कम्पनीको ११ औ वार्षिक साधारणसभाबाट कम्पनीको अधिकृत पूँजी वृद्धि गरी एक अर्ब र जारी पूँजी वृद्धि गरी ८० करोड २५ लाख कायम गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णय पश्चात शेयर संरचना अन्तर्गत जारी पूँजीमा ५६ प्रतिशत अर्थात ४४ लाख ९४ हजार कित्ता संस्थापक शेयर र ४४ प्रतिशत अर्थात ३५ लाख ३१ हजार कित्ता सर्वसाधारण शेयरको सार्वजनिक निष्काशनबाट पूंजी कायम गर्ने निर्णय भएको थियो ।