सप्तरी– स्वास्थ्य स्वयंम् सेविकालाई स्वास्थ्यसम्बन्धी जानकारी दिन र सेवा गर्न सजिलोको लागि सप्तरीको कञ्चनरुपमा साइकल वितरण गरिएको छ । कञ्चनरुप नगरपालिका ८ द्वारा नौ महिला स्वयंम् सेविकालाई साइकल वितरण गरिएको हो ।


ADVERTISEMENT


विभिन्न स्वास्थ्यसम्बन्धी कार्य गर्दा सूचना र सेवाको सजिलोका लागि प्रत्येक महिला स्वयंम् सेविकालाई एकएक थान साइकल उपलब्ध गराइएको वडाध्यक्ष राजकुमार साहले बताए ।


ADVERTISEMENT

# # #


महिला स्वास्थ्य स्वयंम् सेविकाले स्वास्थ्य क्षेत्रमा अहोरात्र योगदान पुर्‍याउँदै आएको र अझ थप स्वास्थ्य क्षेत्रमा सेवा गर्न सहज होस् भन्ने उद्देश्यले वडा कार्यालयको तर्फबाट साइकल वितरण गरिएको वडाध्यक्ष साहले जानकारी दिए । स्वास्थ्य क्षेत्रको विकास र सुधार नभएसम्म मानव जीवनमा विभिन्न खाले समस्या आउने हुँदा स्वास्थ्य क्षेत्रलाई सबै मिलेर प्रभावकारी बनाउनुपर्ने नगर प्रमुख वसन्त मिश्रले उल्लेख गरे। रासस