काठमाडौँ– स्थानीय बजारमा आज पहेँलो धातु सुनको मूल्यमा उच्च अङ्कको गिरावट देखिएको छ । अस्थिर रहेको सुनचाँदीको बजारमा आज भने तोलामा नै सुन रु. एक हजार ७०० ले घटेको हो ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज छापावाल सुन तोलामा रु ८७ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सोमबार छापवाल सुन तोलामा रु ८८ हजार ७०० मा कारोवार भएको थियो ।


ADVERTISEMENT

# # #


यस्तै, तेजाबी सुन तोलामा रु. ८६ हजार ५५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सोमबार तेजाबी सुन तोलामा रु. ८८ हजार २५० मा कारोवार भएको थियो ।

यसैगरी चाँदी आज तोलामा रु. ४० ले घटेको छ । सोमबार रु. एक हजार ३३० मा कारोवार भएको चाँदी आज भने तोलामा रु. एक हजार २९० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । रासस