काठमाण्डौ – संयुक्त राष्ट्रसंघ अन्तर्गत अन्तर्राष्ट्रिय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठनको महापरामर्सदाताको हैसियत प्राप्त अन्तर्राष्ट्रिय संस्था यूनिभर्सल पीस फेडेरेसनले पाँचौं र्याली अफ होप सम्पन्न गरेको छ ।


ADVERTISEMENT


कोभिड १९ ले सृजना गरेको स्वास्थ्य प्रोटोकलका कारण अनलाइन आयोजना गरिंदै आएको र्याली अफ होपको यस श्रृङ्खलामा शान्तिको साझेदारीलाई टेवा दिनुपर्ने विश्वभरका नेताहरू तथा नागरिक समाजका अगुवाहरु आह्वान गरेका छन् । कार्यक्रममा वक्ताहरुले वर्तमान समयमा विश्वले झेलिरहेका चुनौतीहरु मिलेर सामना गर्नुपर्नेमा जोड दिएका थिए । यसका साथै शान्ति स्थापनाका नयाँ अवसरहरूका बारेमा पनि छलफल गरिएको थियो ।


ADVERTISEMENT

# # #


अनलाइनमार्फत प्रत्यक्ष प्रसारण गरिएको र्याली अफ होपलाई नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारी, केप भेद्रेका राष्ट्रपति जोर्ज कार्लोस फोन्सेका, गुयनाका प्रधानमन्त्री मार्क फिलिप्स, संयुक्त राष्ट्रसंघीय खाद्य कार्यक्रमका निर्देशक डेभिड ब्यास्ली, लेसोथो राजा लेट्सी तृतीय, साउथ अफ्रिकाका पूर्वराष्ट्रपति डे क्लार्क, पूर्वी टिमोरका पूर्वराष्ट्रपति छनाना गुस्माओ, गणतन्त्र भारतका पूर्वउपराष्ट्रपति मोहम्मद हमिद अन्सारी, अक्सफोर्ट विश्वविद्यालय अन्तरगत खोपविज्ञानका प्राचार्य साराह गिल्बर्ट लगायतले सम्बोधन गरेका थिए ।

आयोजक समितिका अध्यक्ष डा. युन योङ्ग होका अनुसार १९४ मुलुकका बीस लाख दर्शकलाई भच्र्युल टिकट वितरण गरिएकोमा तीसहित अनलाइन तथा अन्य टेलिभिजन र सामाजिक सञ्जालमार्फत दश करोड बढीले अवलोकन गरेका थिए ।