चितवन– पर्यटन व्यवसायी सुमन घिमिरेको ‘उनले जस्तै..’ बोलको गीत सार्वजनिक भएको छ । चर्चित गायक नरेन्द्र प्यासीको स्वर र सङ्गीत रहेको गीत सोमबार साँझ सार्वजनिक गरिएको हो । विशाल इन्टरटेनमेन्ट नामक युटुबमार्फत गीत सार्वजनिक भएको छ ।


ADVERTISEMENT


गीतमा मायामा धोका खाएको प्रेमीले कल्पिएका कुराहरू समावेश गरिएको छ । गीतका रचनाकार घिमिरेका अनुसार, एउटा प्रेमीकाले धोका दिएको प्रेमी फेरि अर्की प्रेमिकाले राखेको प्रेम प्रस्तावलाई अस्वीकार गर्नुअघि कल्पना गरेका कुराहरूलाई गीतमा समेटिएको छ ।


ADVERTISEMENT

# # #


विभिन्न पुस्तक प्रकाशन गरिसक्नुभएका घिमिरेले ‘उनले जस्तै..’ उत्कृष्ट गीत रचना गरेका छन् । घिमिरेको ‘मेरो बैँशको क्यालेण्डर’ कविता सङ्ग्रह र ‘मौनता’ उपन्यास प्रकाशित भइसकेका छन् । ‘सुनको टप’ नामक कविता सङ्ग्रह प्रकाशनको तयारीमा रहेको छ ।

सार्वजनिक गीतको भिडियो राज केसीको निर्देशन तथा रमेश थापाको सम्पादनमा तयार गरिएको घिमिरेले जानकारी दिए। रासस