बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जको बाघले फेरि एकजनाको ज्यान लिएको छ ।
बाघले राजापुर १० का ६५ वर्षीय लालबहादुर चौधरीको ज्यान लिएको हो । सोमवार भैँसी गोठालो गएका चौधरीलाई बाघ लिएपछि उनको खोजी कार्य शुरु गरिएको थियो ।
मंगलवार बिहाना निकुञ्जभित्र चौधरीको शव भेटिएको राजापुर १० का वडाअध्यक्ष दयाशंकर थारुले बताए ।
पछिल्लो समय बाँके र बर्दिया जिल्लामा बाघको आक्रमण बढेको छ ।