काठमाडौँ – काठमाडौँ महानगरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघ (क्यान)ले सञ्चालन गर्ने ‘काठमाडौँ मेयर कप २०७७’ पुरुष क्रिकेट प्रतियोगिताका लागि ‘काठमाडौँ मेयर ११’ टोली घोषणा भएको छ ।


ADVERTISEMENT


फागुन २२ गतेदेखि सुरु हुने एकदिवसीय प्रतियोगिताका लागि क्यानले सोमबार १५ सदस्यीय टिम निर्माण गरेको हो । टोलीमा गत माघ २ गतेदेखि १७ गतेसम्म सञ्चालित प्रधनमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुग्न नसकेका टोलीबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी छनोट गरिएको छ ।


ADVERTISEMENT

# # #


टोलीमा प्रदेश १ का सिद्धान्त लोहनी, प्रदेश नं. २ का विवेक यादव, हरिशंकर साह, गण्डकी प्रदेशका विपीन खत्री र अर्जुन कुमालले मौका पाएका छन् ।

यस्तै लुम्बिनी प्रदेशका कृष्ण कार्की, सौरभ खनाल, विक्रम भुषाल, सन्दीप रजाली, अनिल खरेल, कर्णाली प्रदेशका अनुज चुनारा, रवीन्द्रजंग शाही र विपीन रावल र सुदुरपश्चिम प्रदेशका खडक बहादुर बोहरा र नारायण जोशी टिममा समेटिएका छन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगिता फागनु २९ गतेसम्म चल्नेछ । प्रतियोगितटामा ५ टोलीले सहभागिता जनाउनेछन् । जसका अन्य चार टोलीहरु प्रधानमन्त्री कपमा सेमिफाइनलसम्म पुगेका त्रिभुवन आर्मी क्लब, एपीएफ, नेपाल पुलिस क्लब र बाग्मती प्रदेश रहेका छन् ।

प्रतियोगिता सञ्चालनका लागि काठमाडौँ महानगरपालिकाले क्यानलाई ५० लाख रुपैँया उपलब्ध गराएको छ ।