काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेकी छन्।


ADVERTISEMENT


राष्ट्रपचित भण्डारीले सरकारको सिफरिसमा फागुन २३ गते दिउँसो ४ बजे बस्ने गरी प्रतिनिधि सभा बैठक आह्वान गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


उनका अनुसार राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को (१) बमोजिम बैठक आह्वान गरेकी हुन् । यसअघि राष्ट्रपति भण्डारीले गत पुस ५ गते प्रधानमन्त्रीको सिफरिसमा प्रतिनिधिसभा विघटन गर्दै नयाचँ निर्वाचनको मिति घोषणा गरेकी थिइन् ।

तर, उक्त कदमविरुद्ध सर्वोच्चमा मुद्दा परेको थियो । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको पाँच सदस्यीय संवैधानिक इजलासले प्रधानमन्त्री र राष्ट्रपतिको प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई असंवैधानिक ठहर गर्दै गत फागनु ११ गते १३ दिनभित्र प्रतिनिधिसभाको हिउँदे अधिवेशन बोलवाउन निर्देशन दिएको थियो ।

सचोही अनुसार सोमबार बिहान बसेको मन्त्रीपरिषद्को बैठकले २३ गतेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफरिस गर्ने निर्णय गरेको थियो ।