काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिसमा बेल्जियमका लागि नेपालका आवासीय राजदूत गेहेन्द्र राजभण्डारीलाई नेदरल्याण्ड्सका लागि समेत गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेकी छिन् ।


ADVERTISEMENT


नेपाल सरकारका सिफारिसमा नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले आज विज्ञप्तिमार्फत जानकारी दिएका हुन् । रासस


ADVERTISEMENT

# # #