काठमाडौं – नेकपा (प्रचण्ड–माधव) समूहका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले भारतलाई कम्फटेवल हुने गरी सत्ता समिकरण बनाउने अभिव्यक्ति दिएपछि
ओली पक्षका विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।


ADVERTISEMENT


प्रचण्डले केही दिनअघि एक टेलिभिजन अन्तर्वार्तामा आफ्नो समूह, कांग्रेस र जसपाको सरकार बन्दा भारतलाई समेत ‘कम्फरटेबल’ हुने अभिव्यक्ति दिएका थिए । प्रचण्डको सो अभिव्यक्तिपछि विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पसमा विरोध प्रदर्शन गरेका हुन् ।


ADVERTISEMENT

# # #


कार्याक्रममा अनेरास्ववियू केन्द्रिय सचिवालय सदस्य मदन बिष्टले राष्ट्रिय स्वाधीनता पक्षमा उभिने र राष्ट्रियताको विपक्षमा उभिनेको विरोध गर्ने बताए ।