काठमाडौँ – खालि कार्ड अभावपछि सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइको काम रोकिएको छ । यातायात व्यवस्था विभागले फागुन शुरुदेखि कार्ड छपाइको काम रोकेको हो ।


ADVERTISEMENT


हालसम्म २० लाख स्मार्ट कार्ड छापेर वितरण गरिएकोमा अब विभागसँग ३० हजार मात्र कार्ड बाँकी रहेका छन् । कार्ड सकिएपछि मंसिरयता आवेदन दिइएका कार्ड छपाइको काम रोकेको विभागका प्रवक्ता डा. लोकनाथ भुषालले बताए । उनले भने,


ADVERTISEMENT

# # #


‘अहिले तत्काल अत्यावश्यक परेका विदेश जान लागेका सेवाग्राही, कर्मचारी, मिसनमा जान लागेका आर्मी, प्रहरी लगायत अत्यावश्यक परेकाहरुको मात्रै छपाई गरिरहेका छौँ,’ भुषाललेले भने।

कार्ड अभाव भएपछि विभागले दुई साता अघि फ्रान्सेली कम्पनी स्मार्ट कार्ड एण्ड सोलुसनसँग नयाँ कार्ड खरिदका लागि सम्झौता गरिसकेको छ ।
विभागले १४ करोड (१२ लाख ४ हजार अमेरिकी डलर)मा उक्त कम्पनीलाई ठेक्का दिएको हो ।