काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ५ बजेका लागि बोलाइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।


ADVERTISEMENT


सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि पहिलोपटक मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । सर्वोच्च अदालतले गत मंगलबार प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको निर्णयलाई बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो ।


ADVERTISEMENT

# # #


आजको बैठकले प्रतिनिधिसभाको हिउँदे अधिवेशन बोलाउनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गर्न सक्ने बताइएको छ । बिहीबार साँझ मात्रै प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालय शितलनिवास पुगेर राष्ट्रपतिसँग छलफल गरेका थिए ।

गत पुस ५ गते प्रधानमनीको सिफरिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आगामी वैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेकी थिइन् । तर, उक्त निर्णयविरुद्ध सर्वोच्चमा १३ वटा रित दायर भएका थियो ।

सोही रिटमाथि निर्णय गर्दै गत मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गर्ने निर्णउलाई बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो ।