काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ ।


ADVERTISEMENT


मस्तिष्कघात भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ । यद्दपी उनको अवस्था भने गम्भीर रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


उनको उपचारमा न्युरोसर्जन डा. राजीव झासहितको चिकित्सकको टोली संलग्न रहेको छ ।

जोशीको मस्तिष्कको अति संवेदनशील भागमा रगत जमेको छ । शल्यक्रिया गरेर मस्तिष्कमा पर्ने चाप घटाउन ड्रेन गर्न पाइप राखिएको स्रोतले जानकारी दिएको छ ।

जोशीलाई बिहीबार राति शरीरको देब्रेपट्टिको भाग नचल्ने समस्या देखिएको थियो । उपचारका लागि उनलाई वीर अस्पतालमा भर्ना गरिएको थियो । तर, त्यहाँ उपचार हुन नसकेपछि बिहान नर्भिक अस्पताल पुर्याइएको थियो ।