काठमाडौँ– संविधानसभा अध्यक्ष तथा नेकपा नेता सुवासचन्द्र नेम्बाङले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नुअघि त्यसो नगर्न नगर्न सुझाव दिएको बताएका छन् ।


ADVERTISEMENT


मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा सुनाएको फैसलाको २४ घण्टा नबित्दै उनले आफूले पहिले नै प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभा विघटन नगर्न सुझाव दिएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


यसअघि भने जिल्लाभित्र र बाहिर आयोजित विभिन्न कार्यक्रममा नेम्बाङले प्रधानमन्त्रीलाई संसद् विघटनको विकल्प दुई सय प्रतिशत सहि लागेकोले प्रतिनिधिसभा विघटनको गरेको बताउँदै आएका थिए । यसका साथै उनले निर्वाचन हुने र यसका लागि तयारी थाल्न समेत सर्वसाधारणलाई आग्रह गर्दै आएका थिए ।

तर, सर्वोच्च अदालतको निर्णयसम्बन्धि भने उनले फैसला आएको भोलिपल्ट यसबारे प्रतिक्रिया दिने बताउँदै आएका थिए । आफू कानुनको विद्यार्थी भएको र सर्वोच्चमा विचाराधीन विषयमा संसद्‌मा समेत बहस गर्न नपाइने संवैधानिक व्यवस्था भएकाले यसबारे बोल्न नमिल्ने उनको भनाइ थियो ।

बुधबार न्युज २४ टेलिभिजनसँगको कुराकानीमा नेम्बाङले सर्वोच्चमा रिट पर्नुअघि नै प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन नगर्न सुझाव दिएको बताउँदै ‘प्रधानमन्त्री ओलीबाट राजीनामा आउला त?’ भन्ने प्रश्नमा आफूले प्रधानमन्त्रीलाई ‘सर्वोच्चको फैसलापछि त्यसलाई मानेर अघि बढ्नुपर्छ’ भनेर समेत सल्लाह दिएको जनाएका थिए ।

यद्यपि उनले प्रधानमन्त्रीले राजीनामा दिने नदिने सम्बन्धमा भने आफू अनभिज्ञ रहेको  बताएका थिए ।