काठमाडौँ – सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ ।


ADVERTISEMENT


मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक ठहर गर्दै प्रतिनिधिसभा पुनर्स्थापना गरेको हो ।


ADVERTISEMENT

# # #


२ महिना लामो बहसपछि संवैधाननिक इजलासमा रहेका प्रधानन्यायाधीशसहित पाँचै जना न्यायाधीशले सर्वसम्मतबाट संसद पुनर्स्थापना गर्ने निर्णय गरेका हुन् ।

सम्बन्धित समाचार
– सर्वोच्चको फैसला : प्रधानमन्त्रीको कदम असंवैधानिक, प्रतिनिधिसभा पुनर्स्थापना
– १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन सर्वोच्चको आदेश
– सर्वोच्चले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गर्‍यो : बाबुराम भट्टराई
– संसद पुनर्स्थापन गरेर सर्वोच्चले न्यायालयप्रतिको जनविश्वासलाई उच्च बनायो : गगन थापा

सर्वोच्चले पुनर्स्थापना गर्दै १३ दिन भित्रै प्रतिनिधिसभाको बैठक बोलाउन आदेश दिएको छ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्माओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै नयाँ निर्वाचनको घोषणा गरेकी थिइन् । उक्त कदमविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए ।

यस्तो छ सर्वोच्चको फैसलाको पूर्ण पाठ :