काठमाडौँ–महानगरीय प्रहरी परिसरले होलीका अवसरमा उच्छृङ्खल गतिविधि गर्दै हिँड्ने २१३ जनालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


परिसरबाट खटिएको टोलीले आज उपत्यकाका विभिन्न स्थानमा उच्छृङ्खल गर्दै हिँडेका उनीहरुलाई पक्राउ गरिएको परिसरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्कीले जानकारी दिए । उनले घटनाका दोषीको छानविन भइरहेको र दोषीलाई कडाभन्दा कडा कारबाही गरिने बताए ।
पहाडी क्षेत्रमा आज भव्यताका साथ होली मनाइएको छ भने तराईमा भोलि मनाइदैछ । यसका लागि सरकारले पहाडमा आज र तराईमा भोलि एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।


ADVERTISEMENT

# # #