काठमाडौँ – कृषिलाई औद्योगिकरण गर्ने उद्देश्यले नेपालमा २ खर्बको लागतमा खाद्य बैंकको स्थापना भएको छ ।


ADVERTISEMENT


सोमवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै बैंकका अध्यक्ष शंकर उप्रेतिले कृषि क्षेत्रको आवश्यक ज्ञान, सीप, बिउँ र मलको समुचित व्यवस्थापन गरी नेपालमै कृषि क्षेत्रमा औद्योगिकरण गर्ने उद्येश्यका साथ बैंकको स्थापना गरिएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


यो बैंकले खाद्यान्न, गेडागुडी, हरियो तरकारी, फलफूल, दूध, दही, माछा, मासु, चिया, जडीबुटीलगायत खाद्य वस्तुको उत्पादन गर्ने उनले बताए । ‘७७ जिल्लामै कृषि क्षेत्रलाई व्यापक बजारीकरण गर्ने उद्येश्य हाम्रो छ,’ उनले भने । यसले कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने, रोजगारी र आम्दानी वृद्धि गर्ने विश्वास बैंकको रहेको छ ।

यसका लागि बैंकले देशैभरीका कृषि सहकारी, कृषि समूह तथा कृषिमा काम गरिरहेका विभिन्न संस्थासँग सहकार्य गर्ने कार्ययोजना बनाएको छ ।