हेटौंडा– हर्नामाडिमा श्री गोरक्षनाथ मा.वि.को नवनिर्मित भवनको उद्घाटन कार्यक्रम सफल भएको छ । भुकम्पका कारण क्षतिग्रस्त उक्त भवन जाईकाको आर्थिक सहयोगमा निर्माण भएको उक्त भवन पुर्व गृह राज्यमन्त्री तथा नेपाली काङ्ग्रेस मकवानपुरका सभापति माननीय इन्द्रबहादुर बानियाँको संयुक्ततामा उद्घाटन भएको हो ।


ADVERTISEMENT


भवन निर्माण कार्य बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष शैलेन्द्रराज बानियाँको सक्रियतामा सम्पन्न भएको थियो । भवन निर्माणमा सहयोग गर्नेहरुरलाई बिद्यालय ब्यवस्थापन समितिले सम्मान समेत गरेको छ ।


ADVERTISEMENT

# # #


विद्यालयको ३१ औं वार्षिकोत्सबको अवसर पारेर उद्घाटन गरिएको सो भवनमा १० वटा कक्षाकोठा रहेका छन् ।