विराटनगर– प्रदेश १ को राजधानीमा शनिबार सत्तापक्षकोआमसभा सम्पन्न भएको छ । प्रधानमन्त्री केपी ओली नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विरानटगरमा उक्त वृहत् आमसभाको आयोजना गरेको थियो ।


ADVERTISEMENT


नेकपा ओली समूहको प्रदेश १ कमिटीले आयोजना गरेको उक्त वृहत् जनसभालाई प्रधानमन्त्री ओली, पार्टीका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई लगायतले सम्बोधन गरेका थिए । ओली समूहले आमसभामा लाखौं कार्यकर्ता उतार्ने भनी गर्दै आएको दावीस्वरुप नै शनिवार सभास्थल सहभागीले टनाटन देखिएको थियो ।


ADVERTISEMENT

# # #


जनसभा अघि शक्ति प्रदर्शनमा हजारौं उपस्थित थिए । आमसभास्थल विराटनगर महानगरपालिका–२ स्थित विराट नर्सिङ होमको पूर्वतर्फ रहेको खुला मैदानमा सभामा सूर्य चिह्न र ओलीको फोटो अंकित रातो टोपी, टि–सर्ट लगायतका तथा सूर्य चिह्न रहेको एवं नेपालको झण्डा बोकेका सहभागीले भरिएको थियो । दिउँसो १ बजेदेखि खुला मैदानमा कार्यक्रम सुरु भएको थियो ।

प्रदेशमा विभिन्न जिल्लाबाट सभामा सहभागी हुनका आएका कार्यकर्ता र सर्वसाधारण बिहान ११ बजेपछि मैदानमा छिर्न थालेका थिए । ४० हजार बढीको क्षमता रहेको तीन सय मिटर लम्बाई तथा दुई सय मिटरजति चौडाई रहेको मैदान एकै छिनमा भरिभराउ भयो । त्यसपछि मैदानमा सहभागीहरु अट्नसक्ने अवस्था नभएको राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय कोषाध्यक्ष मुकेश बुढाथोकीको भनाइ छ ।

विराटनगरमा यसअघि संसद विघटनविरुद्ध दाहाल र नेपाल समूहले विरोध सभा गरेका थिए । दाहाल र नेपाल समूहले विराटनगरको महेन्द्र चोकमा शक्ति प्रदर्शन र जनसभाको आयोजना गरेको थियो ।

सुरक्षा निकायले दाहाल नेपाल समूहमा १५ हजारजतिको उपस्थिति रहेको सुरक्षा निकायको रिपोर्ट छ । तर ओली समूहले गरेको सभामा ६० हजारभन्दा बढीको उपस्थिति रहेको सुरक्षा निकायले तयार पारेको रिपोर्टले देखाएको छ । ओलीको उक्त वृहत आमसभा तस्बिरमा यस्तो देखियोः