काठमाडौं – मिडिया नेपालले आगामी फागुन २१ र २२ गते राष्ट्रिय भेला गर्ने भएको छ ।


ADVERTISEMENT


सोमबार काठमाडौंमा बसेको मिडिया नेपाल सचिवालय बैठकले देशभक्त, राष्ट्रवादी र व्यबसायिक पत्रकारलाई एकताबद्ध गर्ने, आगामी कार्यदिशा तय गर्ने तथा आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनलाई समेत मध्यनजर गर्दै राष्ट्रिय भेला गर्न लागेको हो । राष्ट्रिय भेलामा देशभर रहेका मिडिया नेपालका करिब २५० अगुवा प्रतिनिधि सहभागी हुने मिडिया नेपालका अध्यक्ष गोपाल पौड्यालले बताए ।


ADVERTISEMENT

# # #


मिडिया नेपालको देशब्यापी संजाल बनाउने अभियानको क्रममा राष्ट्रिय भेला आयोजना हुन लागेको पनि पौड्यालले बताए । सचिवालयको बैठकले माघ ३० गते केन्द्रीय कार्य समितिको बैठक गर्ने र सो बैठकले राष्ट्रिय भेला गर्ने स्थान तय गर्ने निर्णय भएको छ ।