काठमाडौँ – नेपाली कृषि उत्पादनहरुलाई प्रवर्द्धन गर्दै आइरहेको माटो फ्रेस स्टोरले आफ्नो पहिलो फ्रेन्चाइज स्टोर सञ्चालनमा ल्याउने भएको छ । माटोले मंगलबार काठमाडौँको नयाँ बानेश्वरमा आफ्नो पहिलो फ्रेन्चाइज स्टोर ल्याउन लागेको हो ।


ADVERTISEMENT


गोल्यान एग्रो प्रा.लि.द्वारा सञ्चालित माटो स्टोरले गोल्यान ग्रुपले उत्पादन सुरु गरेको अर्गानिक फलफूल तथा तरकारी उपत्यकालगायत देशका विभिन्न स्थानहरुमा बिक्रीवितरण गर्दै आएको छ । माटोको पहिलो फ्रेन्चाइज स्टोर सञ्चालनपछि नेपाली कृषकहरू र ग्राहकहरूबीचको खाडल पुर्न मदत पुग्ने गोल्यान एग्रोले विश्वास व्यक्त गरेको छ ।


ADVERTISEMENT

# # #


‘आत्मनिर्भरताको उपाय खोजौँ, नेपाली माटोको उत्पादन रोजौँ’ भन्ने नारासहित बजारमा आएको यो ब्राण्ड पूर्ण अर्गानिक भएको गोल्यान एग्रोले जनाएको छ । माटोले आफ्ना उत्पादनलाई आफ्ना विभिन्न स्टोर, अन्य सुपर मार्केटसँगको सहकार्यमा तथा होमडेलिभरी सेवा मार्फत उपभोक्ताका घरसम्म पुगेर सेवा प्रदान गर्दै आएको छ ।

गोल्यान गोल्यान एग्रोलाई उद्योगी पवन गोल्यानले सञ्चालन गरिरहेका छन् । उनी एनएमाबी बैँकका अध्यक्ष पनि हुन् ।